भीम आचार्य मुख्यमन्त्री बन्दै, शेरधन राईले राजिनामा दिने।

विराटनगर:= प्रदेश नम्बर . १ का मुख्यमन्त्री शेरधन राईले दलको नेता र मुख्यमन्त्रीबाटै राजीनामा दिनु हुने भएको छ । बिहीबार बिहान ११ बजे बस्ने संसदीय दलको बैठक मा राईले नेताबाट राजिनामा दिने र भीम आचार्य दलको नेता चयन हुने जनाईएको छ । आचार्य दलको नेतामा चयन भएलगत्तै मुख्यमन्त्री राईले प्रदेशप्रमुख समक्ष मुख्यमन्त्री पदबाट राजीनामा बुझाउनु हुने भएको हो ।

माधव नेपाल पक्षमा खुल्दै आएका सांसदहरूलाई महत्त्वपूर्ण जिम्मेवारी दिएर भए पनि नयाँ पार्टीमा लाग्नबाट रोक्ने र बहुमत सिद्ध गरेर आफ्नै नेतृत्वमा सरकार बनाउने दाउमा एमाले छ । प्रदेशसभामा सभामुखसहित एमालेका ५१ सांसद छन् । त्यसमध्ये एमाले विभाजन भएपछि को कता लाग्ने खुलिसकेका छैनन् तर १२ जनाभन्दा बढी सांसद् रहेको नेकपा (एकीकृत समाजवादी) को दावी छ ।