काबुल विमानस्थल आसपासमा आतंककारी हमतलाको खतरा बढेको अमेरिका र बेलायतको चेतावनी।

एजेन्सी:= अमेरिका र बेलायतले अफगानिस्तानको काबुल विमानस्थलमा सुरक्षा खतरा बढेको भन्दै आफ्ना नागरिकहरुलाई त्यहाँबाट हट्न भनेका छन् ।

काबुल छाड्नका लागि विमानस्थल भित्र र बाहिर हजारौंको संख्यामा मानिसहरु भेला भईरहेको सन्दर्भमा गएराती सुरक्षा चेतावनी जारी गर्दै दुवै देशले यस्तो सल्लाह दिएका हुन ।अफगानिस्तान तालिवानको हातमा गएपछिका १० दिनमा ८२ हजार मानिसलाई बाहिर निकालिएको पनि ती देशहरुले बताएका छन् ।

अझै हजारौं मानिसलाई बाहिर निकाल्नु पर्ने अवस्था रहेको बेला अमेरिकी रक्षा मन्त्रालयले काबुल विमानस्थलको पूर्वी र उत्तरी प्रवेशद्वारबाट तत्काल हट्न भनेको हो। अमेरिकाले ती स्थानमा आतंककारी हमलाको उच्च खतरा रहेको पनि बताएको छ ।