मुख्यमन्त्री शेरधन राईद्वारा राजिनामा, संसदीय दलको नेतामा भीम आचार्य चयन।

विराटनगर:= प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिनु भएको छ । आज बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले राजीनामा दिनु भएको हो ।

बैठकले भीम आचार्यलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ । मुख्यमन्त्री राईले आचार्यलाई संसदीय दलको नेतामा चयन गर्न गरेको प्रस्ताव बैठकले सर्वसम्मतीले पारित गरेको हो ।