नेपालको विमानस्थलमा आज बिहानैदेखि वैदेशिक रोजगारमा जानेको देखियो यस्तो भिड।

काठमाडौं := मंगलबार बिहानै विमानस्थलमा वैदेशिर रोजगारमा जानेहरुको भिड देखिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल अन्तर्गत वैदेशिक रोजगारका लागि जाने लाइनमा मानिसहरुको भिड देखिएको हो।

कोभिडका कारण लामो समय रोकिएको अन्तर्राष्ट्रिय उडानहरु शुरु भएसँगै विमानस्थलमा भिड बढ्न थालेको हो। यसै गरी श्रम गन्तव्य मुलुकहरुको उडान खुल्न थालेसँग विमानस्थलमा भिड बढ्न थालेको बताइएको छ। source : pahilopost