पत्रकार फसाउन खोज्ने दुई प्रहरी नै निलम्बनमा।

रौतहट:= जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार मोहम्मद मोजिबुल्लालाई फसाउन खोज्ने दुई जना घुमुवा प्रहरीलाई निलम्बन गरेको छ।

प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साहलाई निलम्बन गरिएको हो । नेपाल पत्रकार महासंघ, रौतहटका सह–सचिव सञ्जय शहनीले प्रहरी प्रयोग गरेर मोजिबुल्लालाई फसाउन खोजेको खुलासा भएको छ।

शहनीलाई पनि अदालतबाट पक्राउ पुर्जी जारी भैसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभएको छ।

गत साउन ३२ गते गौरस्थित सिग्नल होटल अगाडी रोकीराखेको पत्रकार मोहम्मदको मोटरसाईकलमा लागुऔषध नाईट्रोभेट फेला परेको थियो।

सिसिटिभी क्यामराको फुटेजबाट मोटरसाईकलमा प्रहरीले नै लागुऔषध राखेको खुलासा भएको हो । पक्राउ परेका दुबै जनालाई अपराधिक षड्यन्त्र सम्बन्धी कसूरमा म्याद थप गरिएको छ।