साउदी अरेबियामा एक हप्तामा कानुन उल्लङ्घन गर्ने १६ हजार आप्रवासी श्रमिक पक्राउ।

एजेन्सी := वैदेशिक रोजगारीको निम्ति साउदी अरेबियामा कार्यरत रहि कानुन उल्लंघन गर्ने १६ हजार आप्रवासी पक्राउ परेका छन्।

एक हप्ता भित्र आवासीय, श्रम र सीमा सुरक्षा सम्बन्धी कानुन उल्लंघन गर्ने १६ हजार बढी आप्रवासीहरुलाई पक्राउ गरेको त्यहाँको आन्तरिक मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्युजले आफ्नो समाचारमा जनाएको छ।

आवासीय कानुन उल्लंघन गरेका ५ हजार चार सय ३६ जनालाई पक्राउ गरेको छ । त्यस्तै ९ हजार ७५ सीमा सुरक्षा उल्लंघन गर्ने र श्रम कानुन उल्लङ्घन गर्ने १ हजार ३ सय ८९ जनालाई पक्राउ गरेको हो ।

यस्तै ५८ हजार तीन सय उल्लङ्घनकर्तालाई कूटनीतिक प्रक्रियामार्फत स्वदेश फिर्तीको लागि पहल भइरहेको र ८ हजार १ सय २८ जनालाई देश निकाला गरिएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाइएको छ । त्यहाँको नियमअनुसार यस्तो अपराधमा संलग्न हुनेलाई १५ वर्ष जेल सजाय र दश लाख साउदी रियाल बराबरको जरिबाना तोकिएको छ ।

अहिलेसम्म साउदीमा यस्ता कानुन उल्लंघन गर्ने ७८ हजारभन्दा बढीमाथि कानुनी कारबाही चलिरहेको गल्फ न्युजले जनाएको छ । जसमध्ये ६५ हजार बढी पुरुष र १३ हजार बढी महिला रहेका छन् । source : Gulf News