आज मिति २०७८ साल भाद्र ८ गते मंगलबार द्वितीया तिथि भाद्र कृष्ण पक्षः सूर्योदय ५ः३९, सूर्यास्त १८ः३१ ।
मेष : आफू बसेको ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुनसक्छ ।
वृष : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुनसक्छ ।
मिथुन : धार्मिक कार्यमा सक्रिय सहभागिता हुनसक्छ ।
कर्कट : आर्थिक संकटका कारण काम अपूरो हुन सक्छ ।
सिंह : लक्ष्मीका कृपाले धन लाभ हुनसक्छ ।
कन्या : व्यापार व्यवसायमा राम्रै सफलता मिल्न सक्छ ।
तुला : मान सम्मान पाउँदा मन हर्षित हुनेछ ।
वृश्चिक : इष्ट कार्यबाट सफलता प्राप्त हुन सक्छ ।
धनु : शत्रु पक्ष बलियो हुँदा मित्रजनबाट सहयोग प्राप्त गर्न कठिन हुनेछ ।
मकर : आफ्नो बुद्धिको उपयोगले काम बन्न सक्छ ।
कुम्भ : नाता कुटुम्बसँग विवाद पर्दा मन खिन्न हुनेछ ।
मीन : अतिथिको सेवा गर्ने मौका मिल्न सक्छ ।



















