आफ्नै बाबु र श्रीमतीको अनैतिक सम्बन्धको आशंकामा युवाले गरेको दुबैको हत्या।

धनुषा := आफ्नै बाबु र श्रीमतीबीच अनैतिक सम्बन्धको आशंकाका कारण एक युवाले दुबै जनाको हत्या गरेको खुलेको छ ।धनुषाको मिथिला विहारी नगरपालिका वडा नम्बर ५ ललियाका ५५ वर्षीय रामवृक्ष मण्डल र ३५ वर्षीया अमरिकादेवी मण्डलको हत्या भएको हो।

हत्या आरोपमा मृतक मण्डलका छोरा भागेश्वर मण्डललाई प्रहरीले पक्राउ गरेको छ। भागेश्वरले आफ्नै बाबु र श्रीमतीलाई मारेर बारीमा खाल्डो खनेर पुरेको भेटिएको छ । प्रहरीले शव उत्खनन् गरेर निकालेको छ ।

बुवा र श्रीमती ( ससुरा बुहारी ) बीच अनैतिक सम्बन्ध थियो र त्यसैले विवाद हुँदै आएको भनेर भागेश्वरले प्रहरीलाई प्रारम्भिक बयान दिएको बुझिएको छ । यसबारे थप अनुसन्धान भईरहेको धनुषा प्रहरीले जनाएको छ । भागेश्वर वैदेशिक रोजगारीबाट फर्किएका थिए ।