अष्ट्रेलिया := एक हप्ताको अवधिमा नेपालबाट अस्ट्रेलिया गएका ३ विद्यार्थीको मृ,त्यु भएको छ। पर्थमा दुई वर्षअघि अध्ययनका लागि गएका रामेछापका सम्राट तामाङ, क्यानबेरा बस्दै आएकी रश्मी लेखक र शुक्रबार एनएसडब्लुको डब्बोमा एक महिलाको मृ,त्यु भएको एनआरएन अस्ट्रेलियाले जानकारी दिएको छ। २ वर्षअघि उच्च अध्ययनका लागि पर्थ पुगेका रामेछापका सम्राट तामाङ पर्थको एक स्थानीय अस्पतालमा उपचारका क्रममा नि’धन भएको हो।
दुई वर्षदेखि अध्यनको क्रममा पर्थमा रहेका सम्राटको केहि दिनदेखि बे’होसीको हालतमा उपचार भइरहेको र उनको ज्या’न बचा’उनका लागि नेपाली समुदायको तर्फबाट पहल समेत गरिएको थियो। तर उपचारको हरेक प्रयास गर्दा पनि उनलाई बचाउन नसकिए को एनआरएन ओसेनियाका युवा संयोजक राज थपलियाले बताए। उनको अ’न्तिम सं’स्कारको लागि श,व नेपाल पठाउन एनआरएन तथा स्थानिय संघ संगठनहरु लागिपरेको थपलियाले जानकारी दिए।
यस्तै लिभरकी बिरामी रश्मी लेखकको उपचारकै क्रममा नि’धन भएको थियो भने डब्बोमा नवलपरासीकी एकमहिला आफ्नै कोठामा मृ,त फे’ला परेकी थिइन्। लिभर ट्रान्सप्लान्ट गरेर रोगलाई परा’स्तगर्न सफल रश्मीले उच्च अध्ययन पुरा गरेर क्यानबेरामा आफ्नो स्थायीत्व प्रकृयामा रहदै गर्दा पुनः सोही रोगले च्या’पेपछि अस्पताल भर्ना भएकी थिइन्।
‘दैवको खेल भनौं यस्तो लाउ लाउ र खाउ खाउ भन्ने उमेरमा एउटा सानी बहिनीलाई आखिर हामीले गु’माउनु पर्यो, यसबाट हाम्रो नेपाली समाज निकै दुखित भएको छ’, एनआरएनकी सचिव सन्ध्या शाहले जानकारी दिइन्। को’रो नाको प्रभाव बढ्दै गएको र लकडाउनको कडाइका कारण रश्मीको अ’न्तिम सं’स्कार सिड्नीमा गरिएको छ।यस्तै एनएसडब्लुको डब्बोकी एक नेपाली छात्रा आफ्नै कोठामा मृ,त अवस्थामा फे’ला परेकी हुन्। उनको मृ,त्युबारे प्रहरीले छानबिन प्रकृया अगाडि बढिरहेको अवस्थामा नाम र पहि चान खुलाउन नसकिएको हो।



















