सिड्नी:= कोरोनाभाइरस संक्रमण रोकथामका लागि अष्ट्रेलियामा जारी लकडाउनविरुद्ध हजारौं मानिस सडकमा उत्रिएका छन् । शनिबार सिड्नी, मेलबर्न र ब्रिसबेनमा लकडाउनविरुद्ध प्रदर्शन भएको हो । सिड्नीमा भीडभाड नगर्न प्रहरीले दिएको आदेशको बाबजुद पनि प्रदर्शन भएको छ । मेलबर्नमा सयौं प्रदर्शनकारीले बिना मास्क प्रदर्शन गरेका थिए ।
शनिबार अष्ट्रेलियामा महामारी सुरु भएयताकै सर्वाधिक संक्रमण पुष्टि भएको छ । कोरोनाको संक्रामक प्रजाति डेल्टा फैलिएको भनिएको छ । शनिबार आयोजित प्रेसमिटमा न्यू साउथ वेल्सका प्रमुख ग्लाडिज ब्रेकलिनले डेल्टा संक्रमणको कारण उच्च सतर्कता अपनाइएको बताउनुभएको छ ।




















