फिफा बरियतामा महिलातर्फ अमेरिका शीर्ष स्थानमा, नेपाल एक स्थान तल झर्‍यो।

काठमाडौं:= विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) बरियतामा अमेरिका शीर्ष स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी गरेको महिला बरियतामा अमेरिका शीर्ष स्थानमा रहेको हो । फिफाद्वारा जारी सार्वजनिक प्रतिवेदनमा नयाँ बरियतामा नेपाल एक स्थान तल झर्दै १०१औं स्थानमा पुगेको हो ।

अमेरिका शीर्ष स्थानमा रहँदा स्विडेन दोस्रो स्थानमा छ । त्यसैगरी जर्मनी तेस्रो, नेदरल्यान्ड्स चौथो, फ्रान्स पाँचौं, क्यानडा छैटौं, ब्राजिल सातौं, इंग्ल्यान्ड आठौं, उत्तर कोरिया नवौं र स्पेन १०औैं स्थानमा छन् ।

यसअघि नेपाल १००औं स्थानमा थियो । एसियाली राष्ट्रको बरियतामा भने नेपाल २१औं स्थानमा रहेको छ भने दक्षिण एसियाली राष्ट्रको बरियतामा नेपाल दोस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ५७औं स्थानमा छ ।