यी हुन् एमाले (समाजवादी) का ९५ केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौं:= नेकपा एमाले विभाजन गरी वरिष्ठ नेता माधव नेपाल पक्षले नयाँ दल नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

वरिष्ठ नेता माधव नेपालसहितका नेताहरु बुधबार कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेर नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि दिएका हुन । पार्टी एकताका लागि पटक पटक आवाज उठाउँदा पनि सुनुवाई नभएपछि ५८ जना केन्द्रिय सदस्यहरुको उपस्थितिमा नेपाल कम्युनिष्ट पार्टी एमाले (समाजवादी) नाम गरेको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको नेता राजेन्द्रप्रसाद पाँण्डेले जानकारी दिनु भयो । उहाँले एमालेमा अलमल गरेर बसेका अन्य नेता, कार्यकर्ताहरुलाई नयाँ पार्टीमा आउन पनि आह्वान गर्नु भयो । नेता पाण्डेले भन्नु भयो, ‘राजनीतिक दल सम्बन्धि अध्यादेश जारी भईसकेपछि नेकपा एमालेका हामी ५८ जना केन्द्रिय सदस्यहरु उपस्थित भएर बैठक बस्यौं । र नयाँ दल दर्ताका लागि निर्णय ग¥यौं । नेकपा एमालेभित्र केपी शर्मा ओलीले व्यवहार, संसदलाई पटक पटक भंग गर्ने र त्यो भंग गरेको कुरालाई गलत नठान्ने, संसदको रक्षा र संविधानको रक्षाका निम्ति पटक पटक आवाज उठायौं । प्रयत्न ग¥यौं तर त्यो कतैबाट पनि सम्भव नहुनेस्थिति बनेपछि आज हामीले नेपाल कम्युनिष्ट पार्टी एमाले (समाजवादी) दल यहाँ दर्ता गरेका छौं ।’

नवगठित सो दलको अध्यक्ष माधवकुमार नेपाल रहनु भएको छ भने वरिष्ठ नेता झलनाथ खनाल रहनु भएको छ । ९५ सदस्यीय केन्द्रिय समिति रहेको सो दलको निर्वाचन चिन्ह भने थप छलफल गरेर मात्रै टुंगो लगाउने निर्णय गरिएको पनि पार्टीका नेता पाण्डेले बताउनु भयो ।

नवगठित नेकपा एमाले (समाजवादी) पार्टीले दल दर्ताको प्रमाण पत्र निर्वाचन आयोगबाट प्राप्त भएपछि पार्टीको राष्ट्रिय भेला बोलाई आफ्ना कार्यक्रम सार्वजनिक गर्ने पनि जनाएको छ ।

यी हुन् नेकपा एमाले (समाजवादी) का केन्द्रीय सदस्यहरु

माधवकुमार नेपाल

झलनाथ खनाल

मुकुन्द न्यौपाने

प्रदीप नेपाल

डा. बेदुराम भुसाल

प्रमेशकुमार हमाल

राजेन्द्रप्रसाद पाण्डे

डा.विजयकुमार पौडेल

डा. गंगालाल तुलाधर

प्रकाश ज्वाला

नागेन्द्रप्रसाद चौधरी

जयन्ती राई

तुलबहादुर गुरुङ

जगन्नाथ खतिवडा

प्रतापलाल श्रेष्ठ

जीवनराम श्रेष्ठ

धर्मनाथ प्रसाद साह

रामप्रित पासवान

रामचन्द्र यादव

यदुवंश झा

रत्नेश्वर गोइत यादव

श्रीप्रसाद साह

रविन्द्र बैठा धोवी

लक्ष्मण पौडेल

मदनकुमारी शाह गरिमा

देवशंकर पौडेल

विरोध खतिवडा

मेटमणि चौधरी

विश्वनाथ प्याकुरेल

प्रेमलकुमार खनाल

विजय गुरुङ

सावित्रा भुसाल

रामकुमारी झाँक्री

गौरा प्रसाईं कोइराला

रामकुमार ज्ञवाली

खगेन्द्र चुडाल

सरलाकुमारी यादव

सुधिरप्रसाद साह

कल्याणीकुमारी खड्का

शत्रुधन महतो

रामचन्द्र साह

दिनेशकुमार राई

हंशबहादुर शाही

शेरबहादुर केसी

निरादेवी जैरु

प्रेमबहादुर आले

भागवत नेपाली

चुडामणि विक जंगली

धनेन्द्र बस्नेत

राजेन्द्रकुमार राई

बलदेव चौधरी

डा. देउमान सम्बाहाम्फे

भाष्कर काफ्ले

कृष्णप्रसाद खनाल

रविन कोइराला

महम्मद महफुज अन्सारी

केशवलाल श्रेष्ठ

नरेश खरेल

भानुभक्त जैसी

चन्द्रबहादुर शाही

दिलकुमारी पन्त

बलराम बास्कोटा

बसन्तप्रसाद मानन्धर

महेश रेग्मी

श्रीनाथ बराल

सारदाप्रसाद सुवेदी

गोविन्द कोइराला

सुरेश कार्की

पुरुषोत्तम पौडेल

उर्वादत्त पन्त

दलबहादुर सुनार

गणेश काङमाङ

प्रभा बज्राचार्य

मुनु सिग्देल

उषा पोखरेल

रमा आले मगर

रिता रावल

माया भट्ट

पूर्णा जोशी

विद्या चामलिङ

रेखा थापा बश्याल

शर्मिलादेवी पौडेल क्षेत्री

राजेन्द्रलक्ष्मी गैरे

अनारकली मियाँ

देवी ओली

नन्दा शर्मा चपाईं

दुर्गा परियार

कौशिला सिंह

यमुना भुसाल

उदया शर्मा

आशा यादव

गोमा बिष्ट

विभा कार्की

सिता बस्याल