घानी र उनको परिवारलाई मानवताको धरातलमा शरण दिएको युएईले प्रष्ट पारेको छ । युएई पुगेपछि एउटा भिडियो सन्देश जारी गर्दै घानीले आफु देश छोडेर भागेको नभई संभावित रक्तपात र विध्वंश रोक्न उचित कदम लिएको तर्क गर्नुभएको छ।
आफु अफ्गानिस्तान फर्किनको लागि नियमित संवादमा रहेको समेत घानीले जिकिर गर्नुभयो । आफुले अफ्गानिस्तान छाड्दा ठूलो परिमाणमा पैसा लिएर भागेको भन्ने आरोप ७२ वर्षिय घानीले अस्विकार गर्नुभयो।




















