[ दिनेश खड्का खप्तडि ]
साईप्रस:= नयाँ कार्यसमिति चयन गर्दै सुदूरपश्चिमेली नेपाली समाज राष्ट्रिय समिति साइप्रसको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
सुदूरपश्चिमेली नेपाली समाज साईप्रसका प्रमुख अभियन्ता कृप थापाको सभापतित्वमा भएको प्रथम अधिबेशनका प्रमुख अथिति सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका केन्द्रिय अध्यक्ष धन बहादुर बलायर रहनुभएको थियो भने विशिष्ट अथितिमा सुदुरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका सल्लाहकार हिक्मत बहादुर थापा, अन्तर्राष्ट्रिय समितिका सचिव उमेश जोशी,नेपाल संयोजक चेत बहादुर थापा ,द-एसिया संयोजक दिनेश खड्का’खप्तडी’ रहनुभएको थियो ।
यस्तै अथिति हरुमा राष्ट्रिय समिति मलेसियाका संरक्षक समिर मल्ल, राष्ट्रिय समिति कतारका अध्यक्ष प्रेम चलाउने,प्रवासी नेपाली मन्च साईप्रसका अध्यक्ष लोकराज रोकामगर , एनआरएनए साईप्रसका अध्यक्ष कुन्दन कार्की , जनप्रगतिशील मन्च साईप्रसका सचिव केशव ठकुरी, जनसम्पर्क समिति साईप्रसका सभापति सिता अर्याल ,समाजसेवि धातान्नद पाण्डे, लगायत रहेका थिए ।

कर्मभूमीमा आईपर्ने विभिन्न समस्याहरूको न्यूनीकरण तथा मातृभूमि प्रतिको कर्तव्यलाई आत्मसात गर्दै साईप्रसमा रोजगारी तथा विभिन्न पेशामा आबद्ध भएका सुदूरपश्चिम वासी हरूको विशेष सक्रियतामा साईप्रसमा सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको छाता संगठनको रुपमा स्थापना भएको निर्वाचन समितिका संयोजक तथा अभियन्ता कृपा थापाले जानकारी दिनु भयो ।
उक्त अधिवेशनले संरक्षकमा कृप थापा र सलाहकारमा कुमार सिंह लाई चयन गरेको छ भने डम्बर बहादुर खड्काको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय समिति सर्व सहमतिमा चयन गरिएको छ। जस्मा उपाध्यक्ष नृप साउद,लक्ष्मी थापा (जोशी )
महासचिवमा,रमिता चन्द (रितु),सचीवमा धिराज खड्का,कोषाध्यक्षमा,अनिल जङ्ग सिंह ,सदस्यहरु क्रमश धुर्व ढकाल,गिता शाही,आशिष बम,रमेश बजगाई,कैलाश चन्द,राजेन्द्र साउद,साजन छेत्री किशोर मल्ल ,चेतन चन्द रहेका छन् । कोरोना भाइरस (कोभिड-१९) अर्थात कोरोना भाईरसको यो विषम परिस्थितिमा भर्चुअलको माध्यमबाट बिहिबार अधिवेशन सम्पन्न भएको हो ।




















