काठमाडौं:= महन्थ ठाकुर समुहले जनता समाजवादी पार्टी लोकतान्त्रिक नाममा नयाँ दल निर्वाचन आयोगमा दर्ता गरेको छ । ठाकुर अध्यक्ष रहने गरी उक्त समूहले बुधबार आयोगमा जनता समाजवादी पार्टी जसपा लोकतान्त्रिक दर्ता गरिएको छ।
ठाकुर पक्षमो पार्टीले चुनाव चिन्ह साइकल राखेको छ ।२४ जना कार्यकारिणी सदस्यको हस्ताक्षर सहित ठाकुर समुहले आयोगमा निवेदन दिएको थियो । यसअघि जनता समाजवादी पार्टीको अध्यक्ष रहनु भएको ठाकुर आयोगले आधिकारिकता भने उपेन्द्र यादवलाई दिएसँगै पार्टी विहिन जस्तै हुनु भएको थियो ।




















