नेपाली जनसम्पर्क समिति मलेसियाले मलेसियामा श्रमिक हरुले झेल्दै आइरहेका समस्या उल्लेख गराएर नेपाल सरकार लाई पठाएको पत्र एक भेट घाट कार्यक्रमका बिच आज गृहमन्त्री बालकृष्ण खाण लाई बुझाएको छ ।
जनसम्पर्क समितिले हवाईसेवा , मलेसियामा विभिन्न कारणले मृत्युु भएको नेपाली श्रमिक हरुको शव फिर्ता, मृतकको परिवार लाई राहत , हवाई भाडाको महङ्गाइ लगाएतका समसामयिक बिसयमा मलेसिया बाट पठाइएको पत्र आज बुझाएको हो।
नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाण लाई नेपाली जनसम्पर्क समिती समन्वय बिभागका सदस्य प्रग्यान नेउपाने र बिध्या तिमिल्सिना लगायतको नेताहरुले हस्तान्तरण गरेको नेपाली जनसम्पर्क समिति मलेसिया का अध्यक्ष चोलाकान्त पंगेनीले जानकारी दिनुभयो।




















