सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाको अधिबेशन आउदो जनवरी सम्मको लागि स्थगित हुने भएको छ ।
केन्द्रले आज एक सुचना जारी गर्दै प्रत्येक बर्ष अगस्ट महिनाको २१ तारीख गर्दै आइरहेको अधिबेशन तथा बार्सिक उत्सब कोभिड १९ को प्रभावका कारण, अधिकांश सदस्य तथा शुभचिन्तक हरुको माग र सल्लाह अनुसार (२०२२-२०२४) कार्यकालको अधिबेशन २०२२ जनवरी सम्मको लागि सरिएको सुचनामा उल्लेख गराएको छ ।
केन्द्र को केन्द्रिय समितिको भर्चुअल भेलाले बर्तमान कायम रहेको केन्द्रिय समितिलाई अधिबेसन आयोजक समितिमा रूपान्तर गरि काम अगाडि बढाएको जानकारी आएको छ ।
अहिले मलेसिया कोभिड संक्रमण अत्यादिक बढिरहेको ले सकेसम खोप कार्यक्रम मा सहभागी हुन र सहभागी हुन नसकेका साथीहरू लाई एक अर्काले सहयोग गर्नपर्ने बताउदै तपाईं बाट समाधान नभएका समस्या छ्न भने जनउद्वार केन्द्र लाई सम्झन अनुरोध गर्दै सुरक्षीत तबरले रहनलाइ अनुरोध समेत गरेको छ ।




















