BREAKING NEWS : मलेसियाको प्रधानमन्त्री तानश्रि मुहिद्दिन यासिनले दिए राजिनामा।

क्वालालम्पुर (मलेसिया):= मलेसियाका प्रधानमन्त्री तान श्रि मुहिद्दिन यासिनले राजीनामा दिएका छन्। आज सोमबार उनले राजालाई राजीनामा पत्र बुझाएको छ।

विभिन्न स्थानीय सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार मलेसियालि संसदमा प्रधानमन्त्री यासिनले बहुमत पुर्याउन नसकेपछि , बहुमत गुमाएसँगै उनले राजीनामा दिएका हुन्।

विज्ञान तथा प्रविधि मन्त्री खैरी जमलुद्दिनले इनस्टाग्राम मार्फत् यासिनले राजालाई राजीनामा दिएको घोषणा गरेका थिए। ‘मन्त्रिपरिषद्ले राजालाई राजीनामा दिएको छ’ यासिन राजालाई भेटेर दरबारबाट बाहिरिएपछि उनले सो कुरा लेखेका थिए। प्रधानमन्त्री पदमा नियुक्त भएको १८ महिना नबित्दै उनले राजीनामा दिइएको हो।

अब यहाँ मलेसियामा कसले सरकार बनाउँछ भन्ने बारे केहिपनि खुलिसकेको छैन। गत वर्ष मार्च महिनामा उनी प्रधानमन्त्री बनेका थिए। २२२ जना सासंद भएको संसदमा उनी झिनो बहुमत पाएर सत्तामा आएका थिए।

तर पछिल्ला केही हप्तामा राजीनामा दिन उनलाई विभिन्न पार्टी पङ्क्तीबाट दबाब आइरहेको थियो। उनलाई गठबन्धनको सरकारमा रहेको सबैभन्दा ठूलो पार्टी युनाइटेड मलेज नेशनल (युएमएनओ) ले राजीनामा दिन दबाब दिईएको थियो।

पार्टीले यासिनलाई दिएको समर्थन पनि फिर्ता लिईएको थियो। तर यासिनले यस अघि संसदमा आफूसँग प्रयाप्त बहुमत भएको बताउँदै आएका थिए। उनले सेप्टेम्बरमा विश्वासको मत लिएर बहुमत भएको पुष्टि गरी देखाउने बताएका थिए। source : Bernama

ADVERTISE