गैरआवासीय नेपाली संघ(एनआरएनए)को आइसीसी सचिव पदमा खगेन्द्र न्यौपानेको उम्मेद्बारी ।

आज सामाजिकसंजाल फेस्बुकमा स्टाटस लेख्दै खगेन्द्र न्यौपानेले गैरआवासीय नेपाली संघ(एनआरएनए)को अक्टोबर २३ देखि २५ सम्म काठमाडौमा हुने केन्द्रीय महाधिवेशनमा आइसीसी सचिव पदको लागि उम्मेद्बारी दिनुहुने भएको छ ।

गैरआवासीय नेपाली संघ मलेसियाको उपाध्यक्ष, आइसीसी सदस्य, एक कार्यकाल अध्यक्ष र अहिले एसिया प्यासिफिक सहसंयोजकको पद भार लिसकेका न्यौपाने आइसीसी सचिव पदको लागि प्रखर दाबेदार मानिन्छ ।

एनआरएन अभियन्ता तथा विश्वभर रहेका अग्रज साथीभाईहरुको आग्रह र इच्छा अनुसार सचिव पदमा उम्मेद्बारी घोषणा गरेको र सबैको सल्लाह, सुझाव र सहयोगको आपेक्षा समेत गरेको न्यौपाने ले बताउनुभयो।