‘जब’ मा आर्यन र सनुपको अभिनय।

काठमाडौं:= अभिनेता आर्यन सिग्देल फिचर्ड म्युजिक भिडियो ‘जब तिमी राम्री लाग्यो’ सार्वजनिक गरिएको छ । उक्त म्युजिक भिडियो ‘युवा फिल्म्स’ को अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको भिडियोमा आएका अधिकांश प्रतिक्रियाहरू सकारात्मक देखिन्छन् । सनुप पौडेलको आवाज रहेको ‘जब तिमी राम्री लाग्यो’ मा आर्यन सिग्देलको जोडीका रूपमा किरण चन्दलाई देख्न सकिन्छ । भिडियोमा सहर्ष अधिकारी र स्टेला अधिकारी बालकलाकारका रूपमा रहनुभएको छ । गीतमा अनिल शर्माको शब्द रहेको छ भने संगीत सुशान्त गौतमले भर्नुभएको छ । संगीत संयोजन भने रिकेश गुरुङले गर्नुभएको छ ।

निर्देशक विशाल सापकोटाले निर्देशन गरेको उक्त भिडियोमा उज्ज्वल जोशीको छायाँकन रहेको छ भने सम्पादन डिन्सन शाहले गर्नुभएको हो । म्युजिक भिडियोलाई युवा फिल्म्समार्फत् आशिष श्रेष्ठ र केशव खड्काले संयुक्तरूपमा निर्माण गर्नुभएको हो ।