मुम्बई:= बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रालाई अहिले प्रहरीले हिरासतमा राखेको छ । अश्लील फिल्म बनाएर विभिन्न एपमा रिलिज गरेको आरोपमा राजलाई प्रहरीले पक्राउ गरेको हो ।
यसैबीच अभिनेत्री शिल्पा शेट्टीविरुद्ध एक महिलाले करोडौं ठगी गरेको आरोप लगाउनुभएको छ । ती महिलाको आरोपपछि मुम्बई र युपी प्रहरीले छानबिन गर्न सुरु गरेको छ । छानबिनकै क्रममा गएको बुधबार प्रहरी शिल्पाको जुहुस्थित घरसमेत पुगेका थिए ।
ज्योत्सना चौहानले लखनउको विभूतिखण्ड चौकी र रोहितवीर सिंहले हजरतगंज प्रहरी चौकीमा शिल्पा र उहाँँकी आमा सुनन्दा शेट्टीविरुद्ध ठगी गरेको आरोपमा उजुरी दर्ता गराएका छन् । ‘आयोसिस स्लिमिंग स्किन सैलुन र स्पा वेलनेस सेन्टर’ को ब्रान्च खोल्ने भनेर शिल्पा र सुनन्दाको कम्पनीका मानिसहरूले दुई व्यक्तिहरूसँग करोडौं पैसा लिएका थिए ।
पैसा लिएर शिल्पा र उहाँकी आमाले आफ्नो वाचा पूरा नगरेको र कम्पनी ओपनिङमा समेत शिल्पा नगएको भन्ने उहाँहरूमाथि आरोप छ । हजरतजंग प्रहरीले सोधपुछका लागि दुवैलाई एक महिनाको सूचना जारी गरिसकेको छ । विभूतिखण्ड प्रहरीले १९ जुन २०२० मा यस मामिलामा एफआईआर दर्ता गराएको थियो ।




















