न्युयोर्क:= न्युयोर्कको पहिलो महिला गभर्नरका रूपमा क्याथी होचल आउनुहुने भएको छ । आर्थिक सहर न्युयोर्कले पहिलो महिला गभर्नरका रूपमा क्याथी होचललाई पाउने भएको हो । यौन दुव्र्यवहारका घटना सार्वजनिक भएपछि गभर्नरको पदबाट एन्ड्रियु कुमोले राजीनामा दिएपछि उत्तराधिकारीका रूपमा होचल नियुक्त हुन लाग्नुभएको हो ।
२३३ वर्षको इतिहासमा पहिलो महिला गभर्नर नियुक्त हुन लागेको हो । डेमोक्र्याट पार्टीका तर्फबाट २०१५ देखि उपगभर्नर रहनुभएकी होचलले कुमोको पहिलो कार्यकालका बाँकी दुई वर्षलाई सम्हाल्ने अवसर पाउनुहुने भएको हो । डिसेम्बर २०२२ मा कार्यकाल सकिँदैछ ।
कुमो र होचलले सन् २०१४ र २०१८ मा चुनाव जित्नुभएको थियो । कुमोले होचललाई डेमोक्र्याटिक पार्टीको उदाउँदो स्टारका रूपमा व्याख्या गर्ने गर्थे । सन् १९५८ मा पश्चिम न्युयोर्कको बेफेलोमा होचलको जन्म भएको थियो । होचलले आफूलाई स्वतन्त्र डेमोक्र्याटका रूपमा चिनाउने गर्नुहुन्छ ।




















