काठमाडौं:= ग्लोबल आइएमई बैंक र क्लासिक भिल्ला प्रालिबीच ग्राहकलाई सहुलियत व्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र क्लासिक भिल्लाका अध्यक्ष बाबुराजा महर्जनले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार बैंकले क्लासिक भिल्लाले ललितपुर महानगरपालिका २३ धापाखेलमा निर्माण गर्ने आवासीय घर परियोजनामा घर/जग्गा खरिद गर्न चाहनेलाई सहुुलियत व्याजदरमा घर कर्जा प्रवाह गर्नेछ । साथै ग्लोबल आइएमई बैंक क्लासिक भिल्लाले निर्माण गर्ने परियोजनाको बैंकिङ पार्टनरका रूपमा समेत रहने बैंकले जनाएको छ । बैंकले हाल घर कर्जाका लागि ७.९९ प्रतिशत (प्रिमियम सहित) को आकर्षक व्याजदरमा विशेष घरकर्जा योजना सञ्चालन गर्दै आएको छ ।




















