ओपोको नयाँ क्यामेरा प्रविधि।

काठमाडौं:= ओपोले आफ्नो नेक्स्ट-जेनरेसन अन्डर स्क्रिन क्यामेरा (यूएससी) प्रविधि सार्वजनिक गरेको छ । हार्डवेयर नवप्रवर्तन र ओपोको स्वामित्वको एआई अल्गोरिदमको संयुक्त उपयोग गरी निर्मित नयाँ अन्डर-स्क्रिन क्यामेरा सोल्युसनले सावधानीपूर्वक फ्रन्ट फेसिङ क्यामेरालाई स्मार्टफोन डिस्प्लेमुनि प्रयोग वा स्ट्यान्डबाई दुवै अवस्थामा समग्र स्क्रिनको मज्जा लिन सकिने कम्पनीले जनाएको छ ।

१-टू-१ पिक्सेल सर्किट र डेडिकेटेड अप्टिमाइजेसन अल्गोरिदम साथमा ओपोको नेक्स्ट-जेनरेसन अन्डर-स्क्रिन क्यामेरा सोल्युसनले स्क्रिनको अन्डर-स्क्रिन क्यामेराका लागि डिस्प्ले कम्पेन्सेसन उपलब्ध गराउनुका साथै स्क्रिनको आयु ५० प्रतिशतसम्म लम्ब्याउने क्षमता राख्ने बताइएको छ ।  क्यामेरामा ओपोको यूएस रिसर्च इन्ष्टिच्युटले इमेजिङ एआई अल्गोरिदमको एक नयाँ श्रेणीकै विकास गरिसकेको छ ।