क्वालालम्पुर (मलेसिया):= मजदुरका लागि मजदुर अभियान भन्ने मूल नाराको साथ स्थापना गरिएको संस्था “नेपाली मजदुर एकता समाज” मलेसिया समितिको प्रथम अधिबेशन खुल्ला प्रतिस्पर्धाबाट हुने तय भएको छ।
गैरसरकारी, गैरराजनीतिक तथा गैर मुनाफा मुखी रहने प्रतिबद्धतासहित स्थापना भएको नेपाली मजदुर एकता समाज मलेसिया समितिको प्रथम अधिबेशन सन् २०२१/०८/ अगस्ट १५ तारिख आउँदो आईतवारको दिनमा हुने तय भएको नेपाली मजदुर एकता समाज मलेसिया समितिका निबर्तमान अध्यक्ष रामप्रसाद सुबेदी संगमले जानकारी दिनुभयो।
आगामी आइतबार हुने अधिबेशनमा नेपाली मजदुरका हिकहितका निम्ति काम गर्न चाहने र मलेसियामा श्रम गरिरहेका जो कोहि नेपाली श्रमिकहरुले संस्थाको बिधान संम्बत रहेर जुनसुकै पदका लागि आगामी बिहिबार बेलुकी ५ बजेसम्म निर्वाचन समितिमा खुला उमेदवारी दर्ता गरि प्रतिस्पर्धा गर्न सकिनेछ ।
निबर्तमान अध्यक्ष सुबेदीले दिइएको जानकारी अनुसार अधिबेसनलाइ थप प्रभाबकारी र ब्यवस्थित बनाउन ३ सदस्यीय निर्वाचन समिति गठन गरि सम्पुर्ण जिम्मेवारी निर्वाचन समितिलाई दिइएको छ। जस अन्तर्गत निर्वाचन समितिको संयोजकमा तिलोचन गौतमलाई जिम्मेवारी दिईएको छ ,भने सदस्यहरुमा घनश्याम चौधरी (आरएन चौधरी थारु) र रेश्माकला राईलाई जिम्मेवारी दिइएको छ।
स्वदेश देखि प्रवास सम्म छरिएर रहनु भएको सम्पुर्ण श्रमजीवी नेपाली दाजुभाइ दिदीबहिनीको श्रम शोषण उत्पीडन र अन्यायको विरुद्धमा न्यायको पक्षमा विना स्वार्थ विना पुर्वाग्रह गैरसरकारी , गैरराजनीतिक तथा मुनाफा रहित रूपमा अभिभावक बन्ने अन्यायमा परेका सम्पुर्ण श्रमजीवी हरुलाइ सम्पुर्ण हिसाबले सहयोग गर्ने मुख्य उद्देश्यले २८ जुलाई २०१९ मा मलेसियाको राजधानी क्वालालम्पुर बाट औपचारिक स्थापना भएर संचालन हुँदै आएको नेपाली मजदुर एकता समाज यतिबेला नेविश्वका विभिन्न मुलुकमा सक्रिय र प्रत्यक्ष श्रमजीवी संग सहकार्य गर्दै आएको संस्था हाे।




















