[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् मलेसियाको सातौं अधिवेशनबाट पाँच जना उम्मेदवार हरु आईसिसि सदस्य पदमा निर्वाचित भएका छ्न।
उम्मेदवारी दिइएका ६ जना मध्य एकजना उम्मेदवार टेक बहादुर टमाटाले उम्मेदवारी फिर्ता लिइएपछी चुनावी प्रक्रियामा नगैई अन्य पाँच जना उम्मेदवारहरु आईसिसिमा निर्विरोध निर्विरोध निर्वाचित हुन सफल भएका हुन।
एनआरएनए मलेसियाको सातौं अधिवेशनको निर्वाचन केहि दिन अगाडि मात्रै सम्पन्न भएको भए ता पनि अध्यक्ष लगायतको बाहेक आईसिसि पदमा उम्मेदवारी दिइएकोहरुको बारे टुंगो लाग्न सकेको थिएन। तर आज प्रकाशित,जारी बिज्ञप्ति अनुसार पाँचजना उम्मेदवारहरु निर्वाचित भएको एनआरएनएले जनाएको छ।
यसबर्ष एनआरएनए मलेसियाको पञ्जिकृत सदस्यताको सङ्ख्या ५ हजार भन्दा बढी पुगेकोले आईसिसि पदमा पाँच जनाले उम्मेदवारी दिन पाएका थिए।
सोही अनुरुप आईसिसि सदस्य पदमा निर्वाचित हुनेहरूमा क्रमशः शुभद्रा कुमारी लिम्बू , लाल बहादुर आले (सुन्दर) , रमेश प्रसाद तिवारी , नन्द बहादुर क्षेत्री , बिरेन्द्र कुमार नेगी रहेका छ्न।
सन् २०२१ देखि २०२३ सम्मको कार्यकालको लागि केहि दिन अगाडि मात्रै सम्पन्न सातौं अधिवेशनबाट एनआरएनए मलेसियाको अध्यक्षमा बिनोद थापा सर्व सम्मत निर्विरोध निर्वाचित भएका हुन।





















