काठमाडौं:= गायक प्रकाश सपुतको नयाँ तीज गीत ‘कुरा बुझ्न पर्च’ सार्वजनिक भएसँगै छोटो समयमै लोकप्रिय बन्दैछ । गत शुक्रबार साँझ सार्वजनिक उक्त तीज गीतमा गायक तथा सर्जक प्रकाश सपुतको रचना/संगीत रहेको छ ।
गीतमा गायिका शान्तिश्री परियार र समीक्षा अधिकारीको स्वर छ । गीतको भिडियो निर्देशन पनि गायक सपुतले नै गर्नुभएको हो । भिडियोमा कलाकार स्वस्तिमा खड्का, आँचल शर्मा, लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत र सुनील विकको अभिनय छ । अभिनेत्रीद्वय खड्का र शर्मालाई मुख्य पात्रका रूपमा प्रस्तुत गरिएको छ ।
बागलुङको काठेखोला गाउँपालिका-३ धम्जामा जन्मिएका गायक सपुतका यसअघि सार्वजनिक ‘बोलमाया’, ‘गलबन्दी’, ‘फुटेका चुरा’ ‘दोहोरी ब्याटल’ लगायतका गीत चर्चित छन् ।




















