गरिमा ‘मिस नेपाल नर्थ अमेरिका २०२१’

काठमाडौं:= गरिमा ज्ञवालीले ‘मिस नेपाल नर्थ अमेरिका २०२१’ को उपाधि जित्नुभएको छ । न्युयोर्कस्थित टिबेटन कम्युनिटीमा भएको फिनालेमा ज्ञवालीले १८ जना प्रतियोगीलाई पछि पार्दै ‘मिस नेपाल नर्थ अमेरिका-२०२१’ को ताज लगाउनुभएको हो ।

त्यसैगरी फस्ट रनर अप याङ्छेन लामा र सेकेन्ड रनरअप शुभेच्छा निरौला हुनुभएको थियो । प्रतियोगितामा अमेरिकाका विभिन्न राज्य तथा क्यानडामा बस्ने नेपाली युवतीहरू सहभागी थिए । गत वर्ष २०२० मा हुने भनिएको यो प्रतियोगिता कोरोना महामारीका कारण हुन सकेको थिएन ।