तपाईंको आजको दिन,भाग्य कस्तो रहनेछ्? हेर्नुहोस आजको राशिफल।

आज मिति २०७८ साल श्रावण २६ गते मंगलबार द्वितीया तिथि श्रावण शुक्लपक्षः सूर्योदय ५ः ३१ सूर्यास्त १८ : ४६ ।

मेष : अध्ययन अनुसन्धान कार्यमा विशेष रुचि बढ्नेछ ।

वृष : अतिथिको आगमन हुँदा मन खुशी हुनेछ ।

मिथुन : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुनसक्छ ।

कर्कट : मान सम्मान पाउँदा मन हर्षित हुनेछ ।

सिंह : नसोचेको ठाउँमा धन खर्च हुनसक्छ ।

कन्या : उदर रोगले सताउँदा मानसिक तनाव बढ्न सक्छ ।

तुला : नाता कुटुम्बसँग विवाद पर्दा मन खिन्न हुनेछ ।

वृश्चिक : धार्मिक कार्यमा सक्रिय सहभागिता हुनसक्छ ।

धनु : आफ्ना काममा बाधा आइपर्न सक्नेछ ।

मकर : दिदीबहिनीहरूको सहयोगले काम बन्नेछ ।

कुम्भ : लक्ष्मीको कृपाले धनलाभ हुनसक्छ ।

मीन : व्यापार व्यवसायमा खासै आम्दानी नहुन सक्छ ।