काठमाडौं:= सरकारले स्वास्थ्य सामाग्री खरीदमा भएको भ्रष्टाचार बारे छानविन गर्ने भनी गरेको निर्णयप्रति एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओली झस्किएका छन् । हिजो सोमबार पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष ओलीले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति–संस्थामाथि कारबाही गर्ने सत्तारुढ गठबन्धनको प्रतिवद्धता आफूहरुलाई फसाउने योजनाको संज्ञा दिए ।
वाइडबडी, बालुवाटार जग्गा प्रकरण, सुन तस्करीकाण्ड कहिले भएको थियो, संलग्न गठबन्धनका नेताहरुलाई कारबाही गर्न सक्नुहुन्छ कि सक्नु हुन्न ? झुटो मुद्दा लगाएर विपक्षीलाई फसाउने षड्यन्त्र गर्ने प्लान हो ? ओलीले टिप्पणी गरे ।आफूहरुलाई यस्ता मुद्धामा फसाउन खोजिए प्रतिकार गर्ने ओलीले चेतावनी समेत दिदै क्वान्टोनमेन्टमा भएको भ्रष्टाचारको छानविन गर्ने कि नगर्ने भनी प्रश्न समेत गरे ।
यस अघि स्वास्थ्य सामाग्री खरीदमा भ्रष्टाचार भएको भन्दै चौतर्फी बिरोध भएको थियो ।




















