मलेसियामा कोरोनाले आजसम्म १० हजार ९६१ जनाको मृत्यु, १२ लाख बढी संक्रमित।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कोरोना भाइरस (कोभिड-१९) ले संक्रमित हुनेको संख्या १२ लाख ७९ हजार ७७६ जना पुगेको छन, भने संक्रमणको कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १०,९६१ जना पुगेको छ।

यहीँ मिति सन् २०२१ , अगस्ट ९ तारिख , सोमबारको दिन कोरोनाको कारण थप २१२ जना नागरिकको मृत्यु भएकोले बढेर अहिलेसम्म जम्मा मृत्यु हुनेको संख्या १०,९६१ जना पुगेको हो।

आज मात्रै पुनः १७,२३६ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। जम्मा संक्रमित मध्य आज १५,१८७ जना निको भएसंगै जम्मा १० लाख ४१ हजार ५८५ जनाले उपचार सकिएर स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रालयको तथ्यांकले देखाउछ।

[ photo source : malaysian health ministry department KKM ]
हालसम्म २ लाख २७ हजार २३० जनामा कोरोना संक्रमण सक्रिय रहेको छ , भने १,०९५ जना संक्रमित ईमर्जेन्सी कक्ष (आईसियु) मा भर्ना भएर उपचाररत रहेको मन्त्रालयको तथ्यांकले देखाउछ।

कोरोना संक्रमणलाई थप फैलिन नदिन र संक्रमणलाई नियन्त्रण गर्नको लागी मलेसिया सरकार ले मलेसियामा विभिन्न ठाउँ ठाउँमा कडाइका साथ एमसिओ ३.० (लकडाउन) जारी,लागू गरेको छ।