हंगेरीमा पत्नी बोक्ने दौड प्रतियोगिता।

Participants compete in a wife-carrying championship in Tapiobicske, Hungary, August 7, 2021. REUTERS/Marton Monus

एजेन्सी := हंगेरीमा आयोजित दोश्रो पत्नी बोक्ने प्रतियोगिता करिब ४० जना पतिले आफ्ना पत्नीलाई पिठ्युँमा बोकदै कच्ची बाटो चढेका छन् ।यसअघि, गत वर्षको अक्टोबरमा आयोजित प्रतियोगितामा केवल एक दर्जन दम्पतीको मात्र सहभागिता रहेको थियो ।

आयोजक गर्जली युरालीले अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सलाई बताएका छन्– ‘हामी भर्खर कोरोना भाइरस महामारीको कठिन अवधिबाट बाहिरिएका छौं । त्यसैले, हामीले खुल्ला स्थानमा रमाइलो गर्नुपर्दछ । मूलतः भाइकिङ यूदेखि शुरू भएको यस प्रतियोगितालाई निरन्तरता दिन गुरालीले गत जनवरीदेखि नै तयारी शुरू गरेका थिए ।

आधुनिक कालमा विशेषगरी फिनल्यान्ड यो परम्परा ९० को दशकदेखि शुरू भएको देखिन्छ । एस्टोनियाली दौडमा तिनीहरूले आफ्नै शैलीमा अर्थात् पत्नीको खुट्टामाथि पर्नेगरी बोकेर दौडिने गरेका छन् । तर, सो दौडमा सहभागी जोडी मार्क म्याज्याक्स र एनेटले भने परम्परागत शैली यानी टाउकोमाथि नै पर्ने शैली अपनाएका छन् ।