एजेन्सी:= जापानमा पूर्वी तटबाट प्रवेश गरेको मिरिना आँधीका कारण टोकियो नजिकैको चिबाका हजारौँ मानिसलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।
चिबाको सामुद्रिक क्षेत्रबाट झण्डै २९ हजार मानिसहरू सुरक्षित स्थानतर्फ गइसकेको र बाँकी हजारौं जाने क्रममा रहेका छन् । आँधीका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ । सयौं घरमा क्षती पुर्र्याएको छ भने दर्जनौ सवारीसाधन ध्वस्त भएका छन्।
ठाउँ ठाउँमा रुख ढलेका कारण सडक यातायात समेत अवरुद्ध बनेको छ । जापानको मौसम विज्ञान विभागलाले सुरुमा यो आँधी दक्षिणपूर्वी भागमा सक्रिय रहनेछ भने यो क्रमश लगभग २५ किलोमिटर प्रति घण्टाका दरले उत्तरपूर्वमा सर्ने जनाएको छ।
आँधी प्रभावित क्षेत्रमा प्रति घण्टा ८३ किलोमिटर र आँधीको केन्द्र नजिकै १ सय २६ किलोमिटर प्रति घण्टाको अधिकतम चापले हुरी चल्ने मौसमविद्ले गरेका छन् । उनीहरूले आँधीपछि जापानको तटीय क्षेत्रमा मेघ गर्जनसहित बर्षा हुने र यसका कारण पहिरो र बाढी आउन सक्ने चेतावनी पनि दिएका छन्।




















