श्रोता/दर्शकमाझ तारा श्रीष मगरको ‘आमा’

काठमाडौं:= गीतकार रश्मीकाली थापाले श्रोता/दर्शकमाझ ‘आमा’ गीत लिएर आउनुभएको छ । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को फस्ट रनर अप तारा श्रीष मगरको स्वरमा रहेको गीत ‘आमा’ सार्वजनिक भएको हो । गीतमा अष्ट लामाको संगीत संयोजन रहेको छ । गीतकारका रूपमा रश्मीको यो सार्वजनिक पहिलो गीत हो । छिट्टै बुबा सम्बन्धित गीत पनि श्रोता/दर्शकमाझ ल्याउने तयारीमा रहेको उहाँले बताउनुभयो ।

जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा अग्रज अभिनेत्री शर्मिला मल्ल र नायिका अफ्सना थापाको अभिनय रहेको छ । आमाका बारेमा लेखिएको यो गीतलाई निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।दिपेन बस्न्यातको छायाँकन तथा सम्पादन रहेको भिडियो भकारी एमडिसीले निर्माण गरेको हो । गीतको भिडियो बेष्ट टोन म्युजिकको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।