टोकियो ओलम्पिक : अन्ततः अमेरिका पदकको शीर्ष स्थानमा।

एजेन्सी := टोकियो ओलम्पिक २०२० को अन्तिम दिन अन्ततः चीनलाई पछि पार्दै अमेरिकाले अग्रता लिएको छ । आइतबार ओलम्पिकको अन्तिम दिन अमेरिका ३९ स्वर्ण ४१ रजत र ३३ कास्यसहित कुल ११३ पदकका साथ शीर्ष स्थानमा रहृयो ।

चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्यगरी ८८ पदक हात पार्दै दोस्रो स्थान हासिल ग¥यो । तेस्रो स्थानमा रहेको आयोजक जापानले २७, स्वर्ण १४ रजत र १७ कास्य गरी कुल ५८ पदक जित्यो । चौथो स्थानमा उक्लिएको इंग्ल्याण्डले २२ स्वर्ण, २१ रजत र २२ कास्य गरी कुल ६५ पदक जित्यो ।

रसियन ओलम्पिक कमिटी टोली (आरओसी) २० स्वर्ण, २८ रजत र २३ कास्यसहित ७१ पदक जित्दै पाँचौं स्थानमा रहृयो । १७ स्वर्ण, सात रजत र २२ कास्य गरी कुल ४६ पदक जितेर अष्ट्रेलिया छटौं स्थानमा यथावत् रहेको छ ।

जर्मनीको १० स्वर्ण, ११ रजत र १६ कास्य गरी ३७ पदक, नेदरल्याण्ड्सको १० स्वर्ण, १२ रजत र १४ कास्य, इटालीको १० स्वर्ण, १० रजत र २० कास्य गरी ४० पदक रहृयो । यस्तै फ्रान्सको १० स्वर्ण, १२ रजत र ११ कास्यसहित ३३ पदक रहृयो ।

न्युजिल्याण्डले सात स्वर्ण, ६ रजत र सात कास्य गरी २० पदक, ब्राजिलले सात स्वर्ण, ६ रजत र आठ कास्य गरी २१ पदक, हंगेरीले ६ स्वर्ण, सात रजत र सात कास्य गरी २० पदक, क्यानडाले सात स्वर्ण, ६ रजत र ११ कास्य गरी २४ पदक, दक्षिण कोरियाले ६ स्वर्ण, चार रजत र १० कास्य गरी कुल २० पदक जित्यो ।

क्युवाले ६ स्वर्ण, तीन रजत र पाँच कास्य गरी १४ पदक जितेको छ । पोल्याण्डले चार स्वर्ण, पाँच रजत र पाँच कास्य जितेको छ । चेक रिपब्लिकले चार स्वर्ण, चार रजत र तीन कास्य गरी ११ पदक जितेको छ । नर्वेले चार स्वर्ण, दुई रजत र एक कास्य गरी सात पदक जितेको छ । जमैकाले चार स्वर्ण, एक रजत र चार कास्य गरी नौ पदक जितेको छ ।

स्पेन, स्वीडेन, स्वीट्जरल्याण्ड, डेनमार्क, केन्या, क्रोएसिया, इरान, बेल्जियम र स्लोभेनियाले समान ३-३ स्वर्ण जितेका छन् । जर्जिया, चाइनिज ताइपेइ, डेनमार्क, टर्की, सर्विया, बुल्गेरिया, युगाण्डा, इक्वेडर, उज्वेकिस्तान, ग्रीस, कतार, बहमास र कोसोभोले समान दुई÷दुई स्वर्ण जिते ।

युक्रेन, बेलारुस, रोमानिया, भेनेजुएला, भारत, हङकङ, फिलिपिन्स, स्लोभाकिया, दक्षिण अफ्रिका, अष्ट्रिया, इजिप्ट, इण्डोनेसिया, इथियोपिया, पोर्चुगल, ट्युनिसिया, आयरल्याण्ड, इस्टोनिया, फिजी, लात्भिया, थाइल्याण्ड, बर्मुडा, मोरक्को, प्युरेटो रिकोले समान एक–एक स्वर्ण जिते ।

फुटबलको स्वर्ण ब्राजिललाई

टोकियो ओलम्पिकको पुरुष फुटबलको स्वर्ण ब्राजिलले जितेको छ । फाइनलमा स्पेनलाई २–१ गोलअन्तरले हराउँदै ब्राजिलले ओलम्पिकको स्वर्ण जितेको हो । साबिक विजेता ब्राजिलले अतिरिक्त समयमा जित निकाल्दा उसका लागि कुन्हा र माल्कोमले एक÷एक गोल गर्नुभएको थियो ।

कुन्हाले खेलको पहिलो हाफको इन्ज्युरी समयमा ब्राजिललाई अग्रता दिलाउनुभएको थियो । पहिलो हाफमा एक गोलले अगाडि रहेको ब्राजिलविरुद्ध स्पेनले ६१औं मिनेटमा ओयारजाबाको गोल गर्दै खेल बराबरी गरेको थियो । निर्धारित ९० मिनेट एक-एक गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । एक सय आठौं मिनेटमा माल्कोमले गोल गरी ब्राजिललाई स्वर्ण जिताउनुभयो ।

भलिबलको स्वर्ण फ्रान्सलाई

टोकियो ओलम्पिकअन्तर्गत पुरुषतर्फको स्वर्णपदक फ्रान्सले जितेको छ । फाइनलमा रसियन ओलम्पिक कमिटीलाई ३-२ को सेटमा पराजित गर्दै फ्रान्सले स्वर्णपदक जित्न सफल भएको हो ।

लगातार दुई सेट जित्दै स्वर्णपदक नजिक पुगेको फ्रान्सविरुद्ध रसियन ओलम्पिक टिमले निकै चुनौती दिएको थियो । पहिलो सेट २५-२३ ले जित्दै अग्रता लिएको फ्रान्सले दोस्रो सेट २५-१७ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो र चौथो सेटमा रसियन टिमले उत्कृष्ट कमब्याक गर्दै फ्रान्समाथि २-२ को सेट बराबरी गरेको थियो ।

रसियन टिमले दुवै सेट २५-१७, २५-१७ ले जितेको थियो । त्यसपछि अन्तिम सेट फ्रान्सले १५-१२ ले जित्दै स्वर्णपदक पक्का गर्‍यो ।

म्याराथन

केन्याका धावक इलिउड किपचोगेले ओलम्पिकमा पुरुष म्याराथनको स्वर्णपदक जित्नुभएको छ । यसअघि २०१६ को रियो ओलम्पिकमा पनि स्वर्ण जित्नु भएकाले उहाँले लगातार स्वर्ण रक्षा गर्नुभएको हो । ३६ वर्षीय किपचोगेले म्याराथन दौड २ घण्टा ८ मिनेट ३८ सेकेण्डमा पूरा गर्नुभएको हो ।

म्याराथनमा नेदरल्याण्ड्सका अबडी नागेयेले २ घण्टा ९ मिनेट ५८ सेकेण्ड समयसहित रजत तथा बेल्जियमका बाशिर अबडीले २ घण्टा १० मिनेटको समयसहित कास्य पदक जित्नुभयो । ११० जना सहभागी पुरुष म्याराथन ७६ जनाले मात्रै पूरा गर्नुभयो ।

यस्तै महिला म्याराथनको स्वर्णपदक केन्याकी पेरेज जेपचिर चिरले जित्नुभएको छ । पेरेजले निर्धारित दूरी दुई घण्टा २७ मिनेट २० सेकेण्डमा पूरा गर्नुभयो । रजतमा खुम्चिनुभएको कोस्गेइ पेरेजभन्दा १६ सेकेण्डले पछि पर्नुभएको थियो । उहाँको समय दुई घण्टा २७ मिनेट ३६ सेकेण्ड रहृयो ।

अमेरिकाकी मोली सिडेलले दुइ घण्टा २७ मिनेट ४६ सेकेण्डमा दूरी पूरा गर्दै कास्यपदक जित्नुभयो । छोटो दूरीकी खेलाडी सिडेलको करियरको यो केवल तेस्रो म्याराथन सहभागिता हो ।

बास्केटबल

अमेरिकन बास्केटबल टिमले टोकियो ओलम्पिकमा स्वर्णपदक जितेको छ । पुरुष बास्केटबलको फाइनल खेलमा अमेरिकन टिमले फ्रान्सलाई ८७-८२ ले पराजित गर्दै स्वर्णपदक जितेको हो । यो सँगै अमेरिकाले ओलम्पिकमा पदक संख्या १०० पुर्‍याएको छ ।

२०१२ र २०१६ मा अमेरिकालाई स्वर्ण दिलाउनुभएका कप्तान ड्युरेन्टले टिमका लागि व्यक्तिगत २१ अंक जोड्दै उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । फ्रान्सले अमेरिकन टिमलाई २०१९ को विश्वकपमा पराजित गरेकोे थियो । त्यसको बदलासमेत अमेरिकाले लिएको छ ।

भारतलाई स्वर्ण

टोकियो ओलम्पिकमा निरज चोपडाले ज्याभलिन थ्रोमा भारतलाई पहिलो स्वर्णपदक दिलाउनुभएको छ । ओलम्पिक स्टेडियममा भएको प्रतिस्पर्धामा निरजले उत्कृष्ट प्रदर्शन गर्दै यो संस्करणको ओलम्पिकमा देशका लागि पहिलो स्वर्ण दिलाउन सफल हुनुभएको हो । उहाँले ८७.५८ मिटर थ्रो गर्नुभएको थियो ।

निरजको स्वर्णसँगै भारतले टोकियो ओलम्पिकमा पदकको संख्या सात पु¥याएको छ । जुन ओलम्पिकमा भारतले जितेको अहिलेसम्मकै धेरै पदक पनि हो । यसअघि सन् २०१२ मा भारतले ६ पदक जितेको थियो ।

टोकियो ओलम्पिकमा व्यक्तिगत विधामा पदक जित्ने निरज छैटौं खेलाडी बन्नुभयो । यसअघि भारोत्तोलनमा मिराबाई चानु, ब्याडमिन्टरमा पीभी सिन्धु, बक्सिङमा लोभलिना, कुस्तीमा रविकुमार धनिया र बजरंग पुनियाले पदक जित्नुभएको थियो ।