माधव पक्षको निर्णय : १० बुँदे सहमतिकै आधारमा पार्टी एकता गर्ने।

ओलीले जति गाली गरे पनि पार्टी एकताकै पक्षमा छुु : नेपाल

काठमाडौं:= नेकपा एमालेको माधवकुमार नेपाल पक्षले दश बुँदे सहमतिका आधारमा पार्टी एकताका लागि पहल गर्ने निर्णय गरेको छ । केन्द्रीय सदस्यहरूको दुई दिनसम्म चलेको बैठकले पार्टी एकताका लागि सजगताका साथ अगाडि बढ्ने निर्णय गरेको हो । ‘२७ असारमा भएको दश बुँदेलगायतका सहमति कार्यान्वयन गर्दै एकताको आधार तयार गर्नुपर्ने बैठकले निर्णय गरेको छ । नेता रघुजी पन्त भन्नुभयो, ‘हामीले पार्टीलाई एकताबद्ध बनाउने दिशातर्फ सजगताका साथ अघि बढ्न आवश्यक छ ।’ यसबारे थप निर्णय गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिएकोसमेत नेता पन्तले जानकारी दिनुभयो । आफूहरूले छिटो एकता होस् भन्ने चाहेको भए पनि अविश्वास लगायतका कारण सम्भव भइरहेको उहाँले बताउनुभयो ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टी एकताको पक्षमा रहेकाले प्रयत्न जारी राखेको बताउनुभएको थियो । ‘हामीले पनि आलोचना गर्दा संयमित र जिम्मेवार बन्नुपर्छ । दक्षिणपन्थी विचारका विरुद्ध हामीले संघर्ष गर्दै आएका छौं । यसका लागि हामी एकताबद्ध भएर संघर्ष गर्नुपर्छ । केपी ओलीले मलाई जति नै गाली गर्न खोजे पनि अहिले पनि म पार्टी एकता होस् भन्ने पक्षमा छु । एकताका लागि मेरो प्रयत्न जारी छु, नेपालको भनाइ उद्धृत गर्दै स्थायी कमिटी सदस्य रघुजी पन्तले भन्नुभयो ।

उहाँले पार्टी एकताका लागि कुराकानी र वार्ता चलिरहेका बेला सदस्यता नवीकरणसहितका काम रोक्न अध्यक्ष केपी शर्मा ओली पक्षसँग आग्रह गर्नुभएको छ । बैठकले यसबारे निर्णय लिएको पन्तले बताउनुभयो । ‘एकता वार्ता चलिरहेका बेला नवीकरण, पार्टी विभाग पुनर्गठन जस्ता काम रोकिनुपर्छु, उहाँले भन्नभुयो, ‘अहिलेसम्म भएका दश बुँदेलगायत सहमतिले एकताको आधार बनाएका छन् । दश बुँदेलाई कार्यान्वन गर्दै जानुपर्छ । अहिले कुराकानी वार्ता भइरहेको छ । पार्र्टीलाई एकताबद्ध बनाउन सजगतासाथ अघि बढ्ने निर्णय हामीले गरेका छौं । बैठकले यसबारे निर्णय लिएको पन्तले बताउनुभयो । ‘एकता वार्ता चलिरहेका बेला नवीकरण, पार्टी विभाग पुनर्गठनजस्ता काम रोकिनुपर्छु,’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म भएका दश बुँदेलगायत सहमतिले एकताको आधार बनाएका छन् । दश बुँदेलाई कार्यान्वन गर्दै जानुपर्छ । अहिले कुराकानी र वार्ता भइरहेको छ । पार्टीलाई एकताबद्ध बनाउन सजगतासाथ अघि बढ्ने निर्णय हामीले गरेका छौं ।’

दुई दिन लामो बैठक चार बुँदे निर्णय गर्दै सकिए पनि पन्तले बताउनुभएको छ । उहाँले सर्वोेच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापाना गरेकोमा बैठकले स्वागत गरेको बताउनुभयो, ‘बैठकमा वरिष्ठ नेता नेपालले सम्मानजनक पार्टी एकतामा जोड दिनुभयो । स्थायी कमिटीको बैठक र केन्द्रीय कमिटीमा पनि उहाँको धारणा त्यही थियो,’ उहाँले भन्नुभयो, ‘आफ्नो सम्बोधन नेपालले हामीले पनि आलोचना गर्दा संयमित हुनुपर्छ भन्नुभयो । दक्षिणपन्थी विचार त्यागौं । केपी ओलीले जति गाली गरेपनि म पार्टी मिलाउने पक्षमा छु भन्नु भएको छ । केपी ओलीले अल्मल्याउने कुरा नहोला भन्नेमा उहाँको विश्वास थियो । उहाँले एकताको प्रयत्न गरौं, हामीले एकतामै जोड दिनुपर्छ भन्ने कुरा राख्नु भयो ।’

पन्तले अझै कार्यदलको सदस्यहरूले वार्ता गरिरहेको बताउनुभयो । ‘कार्यदलले मात्रै होइन, वरिष्ठ नेताहरूले कुरा गरिरहनुभएको छ । एकताका लागि विभिन्न तह र चरणमा प्रयत्न भइरहेका छन् । त्योभन्दा मुख्य कुरा कार्यदलका दशजना साथीहरू लाग्नुभएको छ’, उहाँले अगाडि भन्नुभयो, ‘१० बुँदा मिल्यो, त्यसकै आधारमा एकता हुन्छ । दुवैतिर अविश्वास छ । एकले अर्कालाई आलोचना गर्ने काम भएको छ । एकअर्कालाई बुझ्नेमा समस्या छन् । एक महिनाभित्रै मिलाउने हाम्रो चाहना छ ।’

पार्टी हातखुट्टा बाँधेर बस्दैन : प्रदीप ज्ञवाली

नेकपा (एमाले) ले एकताको नाममा पार्टीका गतिविधि रोक्न नसकिने स्पष्ट पारेको छ । विधान संशोधनमा समेट्नुपर्ने विषयबारे छलफल गर्न अध्यक्ष ओलीले बोलाएको बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको नियमित काम चल्ने र एकताका लागि कुनै गतिविधि नरोकिने स्पष्ट पार्नुभयो । उहाँले पार्टी गतिविधि रोक्न आएका सुझाब पार्टीको हितविपरीत रहेको जिकिर गर्नुभयो ।

स्थानीय तहको चुनाव नजिक आइरहेको, पार्टी महाधिवेशन गर्नुपर्ने अवस्थामा पार्टीका काम रोक्न नसकिने उहाँको भनाइ छ । ज्ञवालीले सत्ता पक्ष आक्रामक रूपमा अघि बढेकाले प्रमुख प्रतिपक्षी आफ्ना काम रोकेर बस्न नसक्ने बताउनुुभयो । उहाँले विधान संशोधनमा समेट्नुपर्ने विषयमा स्थायी कमिटीका सदस्य, प्रदेशका नेताहरू, विधान संशोधन समिति र राजनीतिक प्रस्ताव तयार पार्न गठित समितिका सदस्यहरूसँग छलफल भएको बताउनुभयो । विधान संशोधनको प्रस्ताव तयार भएपछि सबै तहमा अध्ययनका लागि पठाइने एमालेको तयारी छ । यसअघि एमालेकै माधव नेपाल पक्षले पार्टी एकताका लागि विधान महाधिवेशन गर्नेलगायत गतिविधि रोक्नुपर्ने बताएको थियो ।

देशद्रोही भन्दै एकता वार्ता : एमालेभित्रको नाटक ?

हिमालय टाइम्स टिप्पणीकार

नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उहाँका प्रतिद्वन्द्वी पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई सार्वजनिक रूपमा नै देशद्रोही घोषणा गर्नुभएको करिब एकहप्ता भएको छ । आफैंले देशद्रोही आरोप घोषण गरेको व्यक्तिसँग पुनः एकताको प्रयास गर्नु उचित हुन्छ कि हुँदैन ? यो प्रश्न गरिरहनु आवस्यक छैन । कम्युनिष्ट पार्टीको डिक्सनरीमा गाली, आरोप र अभियोगको जति ठूलो शब्द भण्डार भए पनि एउटै शब्द आत्मालोचनाले ती सबैलाई खारेज गर्दछ ।

शुक्रबारमात्रै नेपाल पक्षको बैठकले ओलीले माधवकुमार नेपालविरुद्ध गरिरहेको अपमानप्रति दुःख प्रकट गरेको छ । अब सायद ओली पक्षबाट यस्तो देशद्रोही भन्नेजस्तो गम्भीर घोषणा हुने छैन होला । तर, माधवकुमार नेपालविरुद्ध लगाइएको देशद्रोहीको आरोप ओलीले आत्मालोचनासहित फिर्ता लिनुपर्ने वा यसलाई सिद्ध गर्नुपर्ने भन्ने बैठकले कुनै प्रस्ताव पारित गरेको देखिएन । अत्यन्त सहज ढंगले यस्तो संगीन आरोपलाई एकताका नाममा उपेक्षा भएको देखियो । केही दिन पहिले नेपालपक्षका अत्यन्त प्रखर नेता कानुनका ज्ञाता विरोध खतिवडाले एक टेलिभिजन सम्वादमा भन्नुभएको थियोः नेपालमाथि लगाइएको देशद्रोहीको आरोप नेपालमाथि मात्र नभएर उहाँसँग सहकार्य गरिरहेका सबै साथीमाथि समेत हो भन्ने बिर्सनु हुँदैन । तर, खतिवडाले यति कडा विचार राख्नु भए पनि एकताको नाममा आफ्ना नेतालाई देशद्रोहीभन्दा समेत सामान्य सर्तकासाथ ओलीपक्षसँग गला मिलाउन तम्तयारहरूको पंक्ति नेपालसँग निकै रहेछ । स्वं नेपाल पनि यति संगीन आरोप बारे धेरै आक्रामक हुनुभन्दा औपचारिकता बस विरोधको मसिनो स्वरमा केही शब्द बोल्नुबाहेक केही भनिरहनु भएको छैन ।

नेपाल पक्षका अनेक कानुन व्यवसायी हुनुहुन्छ तर यति ठूलो संगीन घोषणागत आरोपविरुद्ध अदालत जाने जाँगर कसैले चलाउनुभएको सुनिएको छैन । कति सजिलैसँग पचाइएको होला यस्तो संगीन कुरालाई ? के यो आरोप र घोषणालाई यथावत् राखेर माधवकुमार नेपालपक्ष ओलीसँग एकता वार्तामा बस्नु उचित हुन्छ ? कि आफैंले देशद्रोही घोषणा गरेको व्यक्ति वा उनका पक्षधरहरूसँग बसेर वार्ता गर्नु ओलीको नैतिकताले दिन्छ ? नलेखिएको इतिहास भन्ने पुस्तकमा तत्कालीन एमाले नेता राधाकृष्ण मैनालीले नेपालबारे केही गम्भीर प्रसंग उठाउनु भएको छ ।

त्यो प्रसंगलाई नेपालले अत्यन्त कडा शब्दमा खण्डन गर्नुभएको थियो । तर, अरू आरोप जस्तो यो आरोप होइन । यस्तो संगीन आरोपलाई एकता वार्ताले मात्रै धुन सक्दैन होला । कम्तीमा विरोध खतिवडाले भन्नुभए जस्तो गरी माधव नेपालसँग रहनु भएका एमाले नेताहरूले त आफूसमेत आरोपित भएको ठान्दै तत्काल स्पष्टीकरण, सशक्त विरोध वा अदालतसमक्ष पुग्नुपर्ने होइन र ? यसो नगर्दा भविष्यमा अनेक अन्यथा अर्थ लाग्ने खतरा हुन्छ कि ?