सबै तहका परीक्षाहरु स्थगित गर्न सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिस।

काठमाडौं:= स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  निकट भविष्यमा हुन लागेको सबै तहका परीक्षाहरु स्थगित गर्न सीसीएमसीलाई सिफारिस गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ट्वविटमार्फत यस्तो जानकारी दिनु भएको छ।

राज्यमन्त्री श्रेष्ठले कोभिड– १९ संक्रमण फैलदै गएको परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति मन्त्रालय संवेदनशील रहेको मन्त्री श्रेष्ठले उल्लेख गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु । लेख्नु भएको छ।