क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको निम्ति मलेसियामा अवैधानिक हैसियतमा कार्यरत एक नेपाली श्रमिकले आत्महत्या गरेका छ्न।
अन्दाजी ३५ बर्षिय नेपाली श्रमिक दिपक चौधरीले मलेसियाको सेवराङ्गजायामा आफू बस्ने कण्डोमिनियम (बिल्डिङ) को तेर्हौ तल्लाबाट हामफालेर अस्ति बुधबार साझ करिबकरिब ०६:०० बजेतिर आत्महत्या गरेका हुन।
जानकारी अनुसार दिपक चौधरी अवैधानिक हैसियतमा रहि साईबरजायाको डोमिनिकमा सुरक्षागार्डको रुपमा काम गर्दै आएका थिए। तर मृतक दिपक कुन कम्पनीसंग आवद्ध रहि काम गर्थे भन्ने बारे खुल्न सकेको छैन , र दिपकको घर पनि नेपाल कहाँ ? कुन जिल्लामा हो भन्ने बारे केही नखुलेको मलेसिया स्थित नेपाली दूतावास ले जनाउनुभएको छ।
घटना बारे थप अनुसन्धान र सोधखोज गरिरहेको दूतावास ले जनाएको छ। बुधबार उक्त घटना घटेको केहि समयभित्रै स्थानीय प्रहरी आएर मृतकको शवलाई पोस्टमार्टमको लागी अस्पतालमा लिएर गएको छ।




















