आजबाट भेरोसेलको दोस्रो मात्रा लगाइँदै।

काठमाडौं:= कोरोना विरुद्धको भरोसेल खोपको दोस्रो मात्रा लगाउन आजदेखि शुरु गरिने भएको छ ।  पहिलो मात्रा लगाएको २१ दिन पुगेका सबैलाई दोस्रो मात्राको खोप दिन लागिएको हो । गत असार २९ गतेदेखि ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई पहिलो मात्रा खोप लगाइएको थियो ।

दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ । अहिलेसम्म नेपालमा करिब ९७ लाख खोप आइसकेको छ भने २० लाख दुई हजार ७ सय ३ पूर्ण र ४२ लाख ५४ हजार ५ सय ४० पहिलो मात्रा खोप लगाइसकेका छन् ।