दाङ:= लुम्बिनी प्रदेश सभा सदस्य बिमला खत्री वलीले आँफु नेकपा एमालेमा प्रबेश गरेको भन्ने कुरा झुटो भएको बताउनु भएको छ । दूई दिन अगाडि मात्रै उहाँको नामबाट आफु नेकपा (एमाले)मा प्रबेश गरेको बिज्ञप्ति जारी भएको थियो ।
माओबादी नेतृ तथा प्रदेशसभा सांसद दामा शर्माले वलीले बुधबार माओबादी लुम्बिनी प्रदेशका संसदीय दलका नेता तथा पूर्व कानुन मन्त्री कुलप्रशाद केसी (सोनाम)लाई मोबाईलमा म्यासेज गरेर आफु माओबादीमै रहेको भन्ने उल्लेख गरेको जाकारी दिनुभयो । ‘‘सोनाम’लाई मोबावाईलमा म्यासेज गरेर प्रदेश सांसद वलीले आफु एमाले पार्टीमा प्रबेश नगरको तथा माओबादी केन्द्रमै रहेको उल्लेख गर्नु भएको छ ,’ शर्माले भन्नुभयोे ‘ तर, उहाँ कहाँ हुनुहुन्छ अहिले सम्म सम्पर्कमा आइ सक्नु भएको छैन ।’
गत शुक्रबारदेखि उहाँ सम्पर्क बिहिन हुनुहुन्छ । वलीले म्यासेजमा आफु माओबादी केन्द्रमै स्पष्ट पार्दै जबरजस्ति आँफुलाई एमालेमा प्रबेश गरेको भनेर झुटो बिज्ञप्ति सार्वजनिक गरिएको भन्ने उल्लेख रहेको बताउनुभयो । एमालेकै नेता कार्यकर्ताले सांसद वलीलाई ‘बन्धक’ बनाएर राखेको हुन सक्ने आशंका ब्यक्त गर्नुभयो ।
उहाँले वलीको अवस्था तत्काल सार्वजनिक गर्न पनि माग गर्नुभयो । बिमलाका श्रीमान उत्तरकुमार वलीको सवारी दूर्घटनामा मृत्यु पछि रिक्त रहेको स्थानमा बिमला गत मंसिरमा भएको उपनिर्वाचनका क्रममा नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) बाट निर्वाचित हुनुभएको थियो।
उहाँका स्वर्गिय श्रीमान उत्तर नेकपा एमालेका नेता हुनुहुन्थ्यो । तर,सर्बोच्चको फैसला पछि एमाले र माओबादी पूर्वबत अवस्थामा पुगेपछि बिमलाले माओबादी रोज्नुभएको थियो । लुम्बिनी प्रदेशसभामा विपक्षी गठबन्धनले सरकार विरूद्ध मंगलबार तेस्रोपटक अविश्वास प्रस्ताव दर्ता गरेको थियो ।




















