नाडाद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण।

काठमाडौं:= नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष करण चौधरी नेतृत्वको सातसदस्यीय प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ । प्रतिनिधिमण्डलले कोरोनाका कारण सरकारले आमजनताको स्वास्थ्य रक्षाका लागि लगाएको बन्दाबन्दीले समग्र अटोमोबाइल क्षेत्र नै धरापमा परेको भन्दै अटोमोबाइल क्षेत्रलाई पुनः गतिशील अवस्थामा पु¥याउन सरकारको सहयोगको खाँचो रहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

नाडाका केन्द्रीय कार्यसमिति सदस्य, सार्वजनिक सवारीसाधन समिति तथा सडक सुरक्षा तथा वातावरण समितिका सभापति राजनबानु श्रेष्ठले लामो बन्दाबन्दीका कारण बस, मिनिबस र माइक्रोबस व्यवसायी ठूलो मर्कामा परेको भन्दै अन्य क्षेत्रजस्तै उनीहरूका लागि पनि आर्थिक राहत प्याकेजको व्यवस्था गर्न माग गर्नुुभयो ।

उहाँले वन तथा वातावरण मन्त्रालयले जीप, कार, भ्यान र मोटरसाइकलमा युरो-६, विएस-५ लागू गर्न गरिनु स्वागतयोग्य भए पनि त्यसको कार्यान्वयनका लागि व्यवसायीलाई पर्याप्त समय दिनुपर्ने बताउनुभयो । सो अवसरमा नाडाका अर्का उपाध्यक्ष आकाश गोल्छा, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्यसमिति सदस्य दिपक अग्रवाल र एसोसिएसनका सचिव सुरेन्द्र प्रधानको सहभागिता रहेको नाडाले जनाएको छ ।