एजेन्सी := भारतीय टिभी रियालिटी सो ‘बिग बोस’को १५ औं सिजनको होस्ट फिल्म निर्देशक करण जोहरले गर्ने भएका छन्। यस अघिका सोहरुको होस्ट बलिउड अभिनेता सलमान खानले गरेका थिए। ‘बिग बोस’ ६ हप्तासम्म ओटीटीमा रिलिज भइसकेपछि मात्रै १५ ओटा कार्यक्रम टेलिभिजनबाट प्रसारण हुने जनाइएको छ।
शो अगष्ट ८ बाट बुट नामक एपमा प्रदर्शन हुँदै छ। भारतीय चर्चित रियालिटी सो ‘बिग बोस’ अब निर्देशक करण जोहारले होस्ट गर्ने भएका छन् । अगस्ट ८ बाट प्रसारण हुने सो १५ औ सिजनमा आइ पुगेको छ । यस अघिका सोहरु सलमान खानले होस्ट गर्दै आइरहेका थिए भने यस पटक सलमानले आफू बाहिरिएर करणको हातमा बिग बोस थमाइदिएका हुन् ।
करणले सलमानले भन्दा आफूले फरक तरिकाले सो सञ्चालन गर्ने जनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सो लाई यस पट्क फरक तरिकाले प्रसारण गरिँदै छ । बिग बोस ६ हप्तासम्म ओटीटीमा रिलिज भइसके पछि मात्रै १५ ओटा कार्यक्रम टेलि भिजनबाट प्रसारण हुनेछ। सो बुट नामक एपमा प्रदर्शन हुँदै छ। भारतीय सो बिग बोस नेपालमा पनि लोकप्रिय रहेको छ ।




















