विद्युत प्राधिकरणको निर्देशक कुलमान घिसिङलाई बनाउन प्रधानमन्त्री देउवाले दिए निर्देशन।

काठमाडौं:= सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन बमोजिम घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ल्याउन लागिएको हो ।प्रधानमन्त्री देउवाले आवश्यक प्रक्रिया पुरा गरेर कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्ति गर्न मंगलबार ऊर्जा मन्त्री पम्फा भुसाललाई निर्देशन दिनु भएको थियो ।