आज मिति २०७८ साल श्रावण १९ गते मंगलबार दशमी तिथि श्रावण कृष्ण पक्ष : सूर्योदय ५ः२८, सूर्यास्त १८ः५० ।
मेष : विशिष्ट व्यक्तित्वहरूसँग भेट गर्ने मौका मिल्न सक्छ ।
वृष : आफू बसेको ठाउँबाट अन्यत्र जानुपर्ने हुन सक्छ ।
मिथुन : मानसम्मान पाउँदा मन खुशी हुनेछ ।
कर्कट : नाता कुटुम्बसँग विवाद पर्दा मन खिन्न हुनेछ ।
सिंह : नसोचेको ठाउँबाट धन लाभ हुन सक्छ ।
कन्या : आर्थिक संकटका कारण काम अपुरो हुन सक्छ ।
तुला : स्वास्थ्यमा समस्या आइपर्न सक्छ, सचेत रहनु पर्ला ।
वृश्चिक : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुनसक्छ ।
धनु : धार्मिक कार्यमा सक्रिय सहभागिता हुनसक्छ ।
मकर : व्यापार व्यवसायमा खासै आम्दानी नहुन सक्छ ।
कुम्भ : लक्ष्मीका कृपाले धन लाभ हुन सक्छ ।
मीन : पठन पाठनका क्षेत्रमा विशेष रुची बढ्नेछ ।




















