गैरआवसिय नेपाली संघ अन्तर्राष्ट्रिय स्वास्थ समितिले मलेसियामा सचेतनात्मक कोभिड नियन्त्रण , रोकथाम तथा अनुभव साटासाट गरेको छ ।
गैरआवसिय नेपाली संघ अन्तरास्ट्रिय स्वास्थ समिति का संयोजक सन्जिव साप्कोटाको को सम्योजकत्वमा आयोजित कार्यक्रम मा विभिन्न देशमा रहेका गैरआवासिय नेपाली संघमा आबद्ध भिन्न रोग बिसेसग्य डाक्टरहरु को सहभागिता मा अनुभव सेयर तथा कोरोना भाइरस को सेरोफेरोमा रहेर डाक्टर प्रकाश श्रेष्ठ र डाक्टर सन्जीव साप्कोटा ले परामर्श दिनुभको थियो।
सोही कार्यक्रममा नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाका द्वितीय सचीव प्रतीक कार्की ले आफ्नो क्षेत्राधिकार भित्र रहेर नेपाली समुदाय लाइ यो विषम परिस्थितिमा राजदुतावास को तर्फबाट हुने सबै खाल्का सहयोग मा दूतावास तत्पर रहेको बताउदै अहिले कोरोना भाइरस भन्दा पनि बढी त्रास फैलाउने काम भइरहेको भन्दै भइपरिआएका समस्या लाई राजदुतावास सम्म ल्याइदिन सबैलाइ अनुरोध गर्नुभएको थियो कोभिड विरुद्धको खोप लगाउन सबैलाइ अपिल गर्दै कागजातका कारण कुनैपनी नेपाली छुट्नु नहुने बताउदै दूतावास मा परामर्श लिन अनुरोध गर्नुभएको थियोे ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ मलेसियाका नब निर्बाचित अध्यक्ष बिनोद थापाले गैरआवासीय नेपाली संघमलेसियाले छिटै मलेसियाका विभिन्न स्थान हरुमा क्षेत्रीय समिती स्थापना गर्ने र समस्यामा परेका नेपालिहरुलाई उद्घार तथा सहयोग मा सहजीकरण गर्ने बताउनुभयो । अध्यक्ष थापाले कार्यक्रम मा बोल्दै जस्तोसुकै समस्या पर्दा पनि आफुलाइ कुनैपनी समयमा सम्पर्क गर्न अनुरोध गर्दै आफ्नो तर्फबाट र सस्थाको तर्फबाट जस्तोसुकै सहयोग गर्ने बताउदै सम्पर्क नम्बर सारहीन गर्नुभएको थियो (+60169712385) ।
कार्यक्रममा मलेसियामा रहेका केही श्रमिकका गुनासा हरु लाई लिएर डाक्टर हरु बिच प्रश्न उत्तर समेत गरिएको थियो ।




















