जापानद्वारा अगस्ट २२ तारिखसम्म आपत्काल घोषणा।

टोकियो:= जापानद्वारा कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नका लागि अगस्ट २२ सम्म आपत्कालको घोषणा गरिएको छ । जापानले शनिबार टोकियोसहित सैतामा, चीबा, कनागावा, ओसाका र ओकिनावामा आपत्कालको घोषणा गरेको हो । होक्काइडो, क्योतो, इशिकावा, ह्योगो र फुकौकालगायतमा संक्रमण नियन्त्रणमा राखिरहन सतर्कताका उपाय कडाइका साथ लागू गर्ने बताइएको छ ।

समाचार संस्था एएनआईका अनुसार जापानको प्रधानमन्त्रीको कार्यालयले एक ट्वीट गर्दै टोकियोसहितका सहरमा आपत्कालको घोषणा गरिएको उल्लेख गरेको छ । ओलम्पिक खेलकुदका लागि टोकियो र ओकिनावामा लगाइएको आपत्काल भने अगस्ट २२ मै सकिने गरी घोषणा गरिएको थियो । तर, दुवै सहरमा समेत लम्ब्याइएको छ ।