‘द भ्वाइस अफ नेपाल’ को फाइनलमा यि चारजना प्रतियोगी भिड्ने।

काठमाडौं:= गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ का उत्कृष्ट चार प्रतियोगी छानिएका छन् । शुक्रबार भएको सेमिफाइनलमा चारजना कोचका एक–एकजना प्रतिभा फाइनलका लागि छनोट भएका हुन् ।

फाइनलमा टिम दीपबाट भारतको दार्जिलिङका आर्यन तामाङ, टिम प्रमोदबाट अमेरिकाबाट सहभागी किरण गजमेर, टिम राजुबाट बागलुङकी तारा श्रीष मगर र टिम तृष्णाबाट ज्वाला राईले फाइनलका लागि आफूलाई सुरक्षित बनाउनुभएको हो । उहाँहरू एसएमएस र अनलाइनमार्फत् गरिएको भोटबाट छनोट हुनुभएको हो । प्रतियोगिताको ग्रान्ड फिनाले आगामी शनिबार हुनेछ ।