अमेरिकाबाट पुर्णले ल्याए ‘तिमी छौ र’ ( भिडियो )

काठमाडौं–   अभिनेत्री नन्दिता केसी र  व्यवसायी पुर्ण लम्साल अभिनित  ‘तिमी छौ र’ बोलको डिजिटल बजारमा सार्वजनिक भएको छ। गायक हिमाल सागरको यस गीतमा स्वर, शब्द र संगीत रहेको छ।

रोमाण्टिक भर्सनको यो गीतको छायांकन अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको हो। भिडियोमा  शैलेश घलेको छायांकन र भरत रेग्मीको सम्पादन रहेको छ। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो।

पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। निर्माण टिमले यस गीतलाई हेरेर माया गरिदिन सम्पुर्ण दर्शक स्रोतालाई आग्रह गरेका छन्।