मलेसियाको जेलबाट सजाय भुक्तान गरि २८ नेपाली श्रमिक स्वदेश फर्किदै।

[ दिनेश खड्का’खप्तडी’ ]

क्वालालम्पुर (मलेसिया):= रोजगारीको लागि मलेसिया पुगेका २८ नेपालीहरु आज (शनिवार) नेपाल फर्किदैछ्न। मलेसियामा पुगेको अवस्थामा मलेसियाको कानुन उलंघन गरेको अभियोगमा उनीहरु जेल परेको थिए । मलेसियामा नियम अनुसार केहि अपराध गरेको खण्डमा शुरुको सात दिन सम्म स्थानिय वलाई प्रहरीमा राखिन्छ । वलाईवाट निस्कन मिल्ने जस्तो रहेछ भने त्यहिवाट निस्कन पाईन्छ । नत्र थप करवाहीको लागी त्यसपछि अदालतमा लगिन्छ ।

अदालतमा पुगेपछि अवैधानिक मात्रै रहेको हकमा सामान्यतया ३ महिनासम्म जेलको सजाय हुन्छ । जेलको सजाय अवधि सकिएपछि डिटेन्सन क्याम्पमा लगिन्छ जहाँवाट मात्रै स्वदेश आउन सकिने ब्यवस्था छ । आज मलेसियाको पेनाङ् रहेको जुरु क्याम्पवाट १३ जना,सेमेन्तारा रेलाउ क्याम्पवाट १० जना र केलानतान क्याम्पवाट ३ जना नेपालीहरु नेपाल फर्किन पाउने भएका हुन ।

त्यस्तै नेपाली दूतावासका अनुसार मलेसियामा विभिन्न कारणबस मृत्यु भएका मृत नेपालीहरुको २४ वटा शव र ३ वटा मृत शवको अस्तु समेत नेपाल फर्काइएको हो।

नेपाली दुतावास क्वालालम्पुरका अनुसार उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आयो भने मात्रै स्वदेश आउन संभव हुनेछ।
मलेसियामा रहेको गैर आवासिय नेपाली संघ (एनआरएनए), प्रवासी नेपाली समन्वय समिति(पिएनसिसि) तथा विभिन्न संघसंस्थाहरुको सहयोगमा उनीहरु नेपाल आउन लागेका हुन । नेपाल फर्केपछि उनीहरु सात दिन सम्म होटल क्वारेन्टाईनमा वस्नेछन ।

मलेसियाका जेलवाट फर्कनेहरुलाई मलेसियाले पाँच वर्ष सम्मको लागि ब्ल्याक लिष्टमा राख्ने गर्दछ । जसको कारण पाँच वर्ष सम्म रोजगारीको लागि जान भने वन्देज हुनेछ ।