प्यारालाइसिस रोगले थलिएका नवलपरासी साविक हरपुर ५ का ४० बर्षिय हरिश चन्द्र केवट का परिवार र साथीहरू ले जनउद्धार केन्द्र मलेसिया लाई उनि लाई स्वदेश फिर्ता गराउन सहयोग मागेपछी आज जनउद्धार केन्द्र मलेसियाले केवट लाई स्वदेश फिर्ता गराइदिएको छ ।
अबैधानिक हैसियतमा मलेसिया को मेलाका राज्यमा काम गर्दै आएका उनि आजै २३/०७/२०२१ मा हिमालयन एअरलाइन्स को उडान मार्फत नेपाल फिर्ता भएका हुन ।
जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाका अनुसार केन्द्रको स्थापना काल देखि आजसम्म थुप्रै बिरामी, अबैधानिक साथीहरू र जेल जीवन भोगेका साथीहरू लाई उद्धार गरि स्वदेश फर्काउन सफल भएका छौ, तर केवट को हकमा भने निक्कै चुनौती हरु झेल्न परेको बताउनुभयो।
अबैध रुपमा काम गरिरहेको र अर्को अत्यन्तै घातक रोगको सामना गरिरहेका बिरामी हुनाले उनी कार्यरत कम्पनिले उपचारमा मोटो रकम खर्च गरिसकेको र नेपाल पठाउन समेत अहिलेको अबस्थामा निकै रकम खर्च हुने भन्दै पिडितको परिवार संग मोटो रकम असुली गरेको र उक्त रकम सबै उपचार मा खर्च भएको भन्दै थप रकम को माग गरिरहेको थियो ।
अध्यक्ष थापा भन्नुहुन्छ, कोभिड १९ र यसले मलेसियामा पारेको प्रतिकुल अबस्थामा पनि एक नेपाली भाइ त्यहिमाथी बिरामी, उनको जसरी पनि उद्धार गर्ने र उनको परिवार बाट असुल गरिएको रकम फिर्ता गराउने संकल्प गरेका थियौ , त्यो हामिले पुरा गरेका छौं , साथै मातृभुमी फर्केर प्यारालाइसिस ले ग्रस्त आफ्नो पाइला आफ्नै माटोमा बिसाउने उनको चाहाना पूरा हुने भएको छ हामीले स्वदेश फिर्ता गराउन पायौ एसैमा खुसी रहेको बताउदै उद्धार कार्यमा सहयोग गर्नुहुने नेपाली दूतावास मलेसिया , बिरामिका साथीहरू तथा जनउद्धार टिमलाई धन्यवाद दिनुभयो ।




















